दिपेन्द्रले उकासे ध्वस्त इनिङ्स
दिपेन्द्रले उकासे ध्वस्त इनिङ्स
काठमाडौँ : एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत तेस्रो स्थानको प्लेअफका लागि नेपालले हङकङ सामु १४० रनको चुनौती पेश गरेको छ। ओमानको अलअमिरात क्रिकेट स्टेडियममा टस जितेर सुरुवाती ब्याटिङ थालेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनायो।
निकै धरासायी बनेको नेपालको ब्याटिङ लाइन दिपेन्द्र सिं ऐरीले उकासे। हङकङविरुद्ध सम्मानजनक योगफल बनाउन ऐरीले अविजित ४४ रनको योगदान गरे। सुन्दिप जोराले २२, कप्तान रोहित पौडेलले २१, कुशल मल्लले १३ तथा सोमपाल कामीले १२ रन जोडे।
नेपालको ब्याटिङ लाइन आज पनि चल्न सकेन्। नेपालका दुवै ओपनर आज पनि जम्न सकेनन्। कुशल भुर्तेल आज पनि शुन्य रनमा आउट हुँदा आशिफ शेख व्यक्तिगत ५ रनमा पभेलियन फर्किए।
गुल्शन झाले ६ तथा करण केसीले ३ रन जोडे। हिजो भएको सेमिफाईनलमा पनि ब्याटिङ नचल्दा नेपाल युएइसँग पराजित हुन पुगेको थियो। आजको खेल जित्ने टोलीले इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन्। उक्त टिममा भारत,पाकिस्तान, अफगानिस्तान, बंगलादेश र श्रीलंकाका ए टोली हुने छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।