काठमाडौं : वेष्टइण्डिज विरुद्धको पहिलो टी-२० खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ।
कुशल भुर्तेल १६ रनमा आउट भए। १२ बल खेलेका उनले ३ चौका प्रहार गरेका थिए।
यसअघि ओपनर अनिल साह ९ बलमा ५ रन बनाएर आउट भएका थिए।
यसअघि टस हारेर पहिला ब्याटिङमा आएको वेष्टइण्डिज ए ले जितका लागि नेपाललाई २०५ रनको लक्ष्य दिएको छ। वेष्टइण्डिज 'ए'ले ५ विकेट गुमाएर २०४ रन बनाएको थियो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी, कप्तान रोहित पौडेल र अविनाश बोहोराले विकेट लिएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।