काठमाडौं : वेष्टइण्डिज विरुद्धको पहिलो टी-२० खेलमा नेपालले पाँचौ विकेट गुमाएको छ। ७ रन बनाएर विवेक यादव आउट भएका हुन्।
यसअघि२४ रन बनाएर दिपेन्द्रसिंह ऐरी आउट भएका हुन्। यसैगरी कुशल भुर्तेल १६ रनमा आउट भए। १२ बल खेलेका उनले ३ चौका प्रहार गरेका थिए। त्यस्तै, ओपनर अनिल साह ९ बलमा ५ रन बनाएर आउट भएका थिए भने १६ रन बनाएर कुशल मल्ल आउट भएका थिए। उनले १५ बलमा एक छक्का र एक चौका प्रहार गरेका थिए।
यसअघि टस हारेर पहिला ब्याटिङमा आएको वेष्टइण्डिज ए ले जितका लागि नेपाललाई २०५ रनको लक्ष्य दिएको छ। वेष्टइण्डिज 'ए'ले ५ विकेट गुमाएर २०४ रन बनाएको थियो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी, कप्तान रोहित पौडेल र अविनाश बोहोराले विकेट लिएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।