|

काठमाडौं : लुम्बिनी प्रदेश सभाको बैठक बिहीबार बस्दैछ। बैठक दिउँसो ३ बजे बस्ने प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए। 

सचिव पुनका अनुसार बैठकमा थारु आयोग, प्रदेश लोकसेवा आयोग र महान्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन पेश हुनेछ । 

यस्तै बैठकको विशेष समयमा प्रदेश सभा सदस्यहरूले विभिन्न समसामयिक विषयमा धारणा राख्ने कार्यसूची रहेको सचिव पुनले जानकारी दिए। उनका अनुसार बैठकमा सभामुखले प्रदेशप्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची पनि राखिएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.