काठमाडौं : बजेट अधिवेशन भनिने संघीय संसद्को बर्खे अधिवेशन शुक्रबार शुरु हुँदैछ। दुवै सदनको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा अपराह्न २ बजे बोलाइएको छ।
यसअघि मध्याह्न १२ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ। त्यो बैठकले प्रतिनिधिसभाको पहिलो बैठकको कार्यसूची तय गर्नेछ।
संसद्को यो अधिववेशन पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अडानका कारण प्रभावित बन्ने देखिएको छ। सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेको विषयमा छानबिन गर्न कांग्रेसले संसदीय समिति गठनको माग गर्दै आएको छ। तर सत्तारुढ दलले भने व्यक्तिकेन्द्रित संसदीय छानबिन समकिति बनाउन नहुने भन्दै यसलाई अस्वीकार गर्दै आएका छन्।
संसद्को अघिल्लो अधिवेशनको अन्त्यतिर पनि उसले यही माग राख्दै सदनमा अवरोध गरेको थियो। यद्यपि शुक्रबार बिहान बस्ने संसदीय दलको बैठकले संसदमा कसरी प्रस्तुत हुने भन्ने तय गर्ने कांग्रेसका सांसद श्यामकुमार घिमिरेले जानकारी दिए।
यसअघि बिहीबार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठक बिनानिष्कर्ष टुंगिएको थियो। सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दल आआफ्ना मागमा अडिग रहेपछि बैठक निष्कर्षविहीन बनेको हो।
बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफूहरू संसदीय छानबिन समिति बनाउनुपउर्ने मागमा अडिग रहेको दोहोर्याएका थिए ।
तर, सत्तारूढ दलहरू संसदीय छानबिन समिति बनाउन सकारात्मक भएनन्। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदीय छानबिन समिति बनाउन आवश्यक नरहेको प्रतिक्रिया दिए। संसद् सहजरूपमा चल्न दिनुपर्ने उनको भनाइ थियो।
यस्तो छ प्रतिनिधिसभाको कार्सूची-
तपाईंको ईमेल गोप्य राखिनेछ ।