|

काठमाडौं : सर्वोच्च अदालतले  कोशी प्रदेश सरकारविरुद्ध दायर रिटमा अन्तरिम आदेश जारी गर्न अस्विकार गरेको छ।

निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा शुक्रबार सुनुवाई गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले अन्तरिम आदेश जारी गर्नुनपर्ने ठहर गरेको हो।

इजलासले रिटमा उठाएका विषयवस्तुमा संविधानको व्याख्याको विषय अन्तर्निहित रहेको भन्दै इजलासले रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश पनि गरेको सर्वोच्चका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए।

अदालतले विपक्षीहरूलाई रिटमा माग भएबमोजिम आदेश जारी गर्नु नपर्ने कारणसहित १० दिनभित्र लिखित जवाफ पठाउन पनि आदेश दिएको छ। रिट निवेदनको पेशी जेठ ९ गतेलाई तोकिएको छ। 

प्रदेश प्रमुख परशुराम खापुङले आफूलाई बर्खास्त गरी एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेपछि निवर्तमान मुख्यमन्त्री केदार कार्कीले बिहीबार रिट दायर गरेका थिए।

उनले हिक्मत कार्कीको नियुक्ति बदर गरी आफैंलाई मुख्यमन्त्रीका रुपमा काम गर्न दिन परमादेश पनि माग गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.