काठमाडौँ : गण्डकी प्रदेश सरकार गठनसम्बन्धी विवादमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले सरकार गठनसम्बन्धी दायर भएको रिटमा अर्को सुनुवाइ नभएसम्मका लागि दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको हो।
नेपाली कांग्रेस संसदीय दलका नेता पूर्वमुख्यमन्त्री सुरेन्द्र पाण्डेले दायर गरेको रिटमा आज उक्त आदेश आएको हो।
सर्वोच्चले जेठ ८ गतेसम्म मुख्यमन्त्री खगराज अधिकारीलाई काम चलाऊ बनाइदिएको छ। सर्वोच्चले यसअघि पनि खगराजलाई काम चलाउन मुख्यमन्त्री बनाएको तर पछि उक्त रिट खारेज भएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।