|

दाङ : राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर-सल्यान सडकखण्डको राम्रीदेखि कपुरकोटसम्म दैनिक ९ घण्टा बन्द हुने भएको छ।

विहान ११ बजेदेखि बेलुका ५ बजेसम्म र राति ९ बजेदेखि मध्यरात १२ बजेसम्म दैनिक ९ घण्टा सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय दाङले एक सूचना जारी गरी जनाएको छ। 

सडक जेठ ११ गतेदेखि जेठ २० गतेसम्म बन्द हुनेछ। सडक चौडा गर्नका लागि राम्रीदेखि कपुरकोट सम्मको विभिन्न स्थानमा व्याक कटिङ गर्नुपर्ने भएकाले दैनिक ९ घण्टा बन्द हुने सूचनामा उल्लेख छ। 

राम्री–कपुरकोट सडक बन्द भएको समयमा साना सवारीसाधनलाई पैयाँखोरिया सातबास किमुचौर हुँदै कपुरकोट सडकलाई वैकल्पिक रुपमा प्रयोग गर्नसमेत आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.