|

काठमाडौं : नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

जसका कारण देशभर आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले कोशी र मधेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। पहाडी भूभागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुनेछ।  

यसैगरी, राति पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र हावाहुरीसहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.