|

संखुवासभा : समयमा काम नसक्ने र अक्सर निर्माणका काम अलपत्रपारी निर्माण व्यवसयी नै फरार रहेको समाचारहरु आउने गरेका छन्। तर, संखुवासभामा समय अगाडि नै काम सकेर एक निर्माण व्यवासयी सम्मानित भएका छन्। उनले म्यादभन्दा सात महिना अगाडि नै काम सम्पन्न गरेर हस्तान्तरण गरेका छन्।

अरुण बरुण निर्माण सेवा कम्पनीले प्रदेश सरकार र खाँदबारी नगरपालिकाको संयुक्त लगानीमा कवर्ड हल “सोमनाथ मेमोरियल इन्डोर स्टुडिएम ”  निर्माण सम्झौता २०७९ जेठ २४ मा गर्यो । २०८१ जेठ २४ मा सम्पन्न हुनु पर्ने योजना ७ महिना अगाडि नै सम्पन्न गरेर हस्तान्तरण भएको छ। उक्त कवर्ड हल निर्माणको काम अरुण बरुण निर्माण सेवा कम्पनीले भ्याटबाहेक ३ करोड ८४ लाख ८३ हजारमा नै निर्माण गर्ने गरी सम्झौता गरेको थियो।

म्यादभन्दा अघि नै निर्माण कार्य सम्पन्न गर्ने अरुण बरुण निर्माण सेवा कम्पनीका प्रवन्ध निर्देशक मिगुर शेर्पालाई खाँदबारी नगरपालिकाले  सम्मान गरेको हो। बुधबार सदरमुकाम खाँदबारी नगरपालिका –१ घिमिरे गाउँमा नवर्निमित कवर्ड हलको उद्घाटन खाँदबारी नगरपालिका नगर प्रमुख महेश थपलियाले गरे।

खेलहरु खुल्ला खेल्नुपर्ने खेलाडीहरुको बाध्यता कवर्ड हल निर्माण सम्पन्न भएसँगै सकिएको छ। सुरक्षित र सुविधासम्पन्न हल निर्माणले खेल क्षेत्रमा थप उचाइ पुर्‍याउन मद्दत पुग्ने नगर प्रमुख थपलियाले बताए।

सदरमुकाम खाँदबारीमा ३ करोड ८४ लाख रुपैयाँको लगानीमा जिल्लाकै ठूलो कवर्ड हल बनाएको हो। यस आर्थिक वर्षमा मात्रै दर्जन बढी योजनाहरुको काम म्याद अगाबै सम्पन्न गरेको अरुण बरुण निर्माण सेवा कम्पनीका प्रवन्ध निर्देशक मिगुर शेर्पाले बताए।

म्यादभन्दा अगाडि नै काम सम्पन्न गरेबापत निर्माण कम्पन्नीले थप २३ लाख बोनससमेत प्राप्त गरेको छ। समय भन्दा ५ महिना २८ दिन अगाडी नै भवन निर्माण सम्पन्न गरेर व्यवसायीले शेर्पाले सम्झौता भन्दा बढी २३ लाख रुपौयाँ बोनस भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट प्राप्त गरिसकेका छन्।

कवर्ड हलको उद्घाटन कार्यक्रममा खाँदबारी नगरपालिका पूर्व नगर प्रमुख मुरारी प्रसाद खतिवडा,संखुवासभाका साहयक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरे, खाँदबारी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत निर्माणकुमार कार्कीलगायत विभिन्न निकायको उपस्थित थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.