|

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले इन्धन भर्न बस्ने नोजल ब्वाइले सुरक्षाका लागि खैरो रङ्गको व्यक्तिगत सुरक्षा पोसाक/सामग्री (पिपिई) लगाउने प्रतिबद्धता कार्यान्वयनको चरणमा रहेको जानकारी दिएका छन्। उनले सामाजिक सञ्जालबाट यस्तो जानकारी दिएका हुन्।

उनले भाडाका सवारीसाधन चालक तथा सहचालकले आफूखुसी रूपमा नोजल समाउने र इन्धन भर्ने काममा प्रतिबन्ध लगाइएको पनि जानकारी दिए।

‘इन्धन भर्न बस्ने नोजल ब्वाइले सुरक्षाका लागि (पिपिई) लगाउने प्रतिबद्धता कार्यान्वयनको चरणमा छ,’ उनले उल्लेख गरेका छन्।

उनका अनुसार काठमाडौँ जिल्लामा करिब १२३ वटा पेट्रोल पम्प छन्। यीमध्ये काठमाडौँ महानगरपालिकामा बागमती पेट्रोलियम डिलर्स एसोसिएसनमा दर्ता रहेका ५० वटा पेट्रोल पम्पहरू छन्। 

त्यस्तै, शाहले महानगरपालिकाभित्रका सबै पेट्रोल पम्पहरूको पहिचान पहेँलो रङ्ग सङ्केत राखिएको पनि जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.