|

जनकपुरधाम : धनुषाको जनकपुरधाममा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ।

जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठाका बस्ने जयनारायण महतोको छोरा ६ वर्षीय शिवनन्दन महतो र राकेश पासवानको छोरा ६ वर्षीय आदित्य पासवानको मृत्यु भएको हो।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार शनिबार बिहान १० बजेतिर घर नजिकैको साहुजी पोखरीमा नुहाउने क्रममा दुवै जना बालक डुबिरहेको देखेपछि स्थानीयले सिकिस्त अवस्थामा उद्धार गरेका थिए।

उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएमा शनिबार चिकित्सकले मृत घोषणा गरेको डिएसपी अवाले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.