|

काठमाडौं : शिक्षा क्षेत्रमा १५ करोड ६१ लाखभन्दा बढी बेरुजु रहेको पाइएको छ। महालेखा परीक्षकको ६१ औँ वार्षिक प्रतिवेदनले शिक्षा क्षेत्रमा १५ करोड ६१ लाख ६७ हजार बेरुजु बाँकी रहेको देखाएको हो।

सार्वजनिक भएको प्रतिवेदनमा २०८० को आर्थिक वर्ष २०७९/०८० मा शिक्षा मन्त्रालय र मातहत समेतका निकायको लेखापरीक्षणबाट देखिएको बेरुजुको स्थिति देखाएको छ। जसमा सरकारी कार्यालयतर्फ ५७ निकायमा १६ करोड ३४ लाख ९३ हजार बेरुजु देखिएकोमा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि ५ निकायले ७३ लाख २६ हजार फर्स्योट गरेका थिए।

अब १५ करोड ६१ लाख ६७ हजार बेरुजु बाँकी रहेको छ। ‘सोमध्ये ३४ लाख ३९ हजार म्याद नाघेको पेस्की रहेको छ,’प्रतिवेदनमा उल्लेख छ।

यस्तै, सङ्गठित, अन्य संस्था र समिति ३०७ तर्फ ३ अर्ब ४ करोड ४६ लाख ८ हजार बेरुजु देखिएकोमा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि ३४ निकायले ९ करोड ८५ लाख १३ हजार फस्यौट गरेकोले २ अर्ब ९४ करोड ६० लाख ९५ हजार बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ। सोमध्ये ८ करोड ४५ लाख ६९ हजार म्याद नाघेको पेस्की रहेको प्रतिवेदनमा उल्लेख छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.