|

काठमाडौं : विभिन्न विश्वविद्यालय र अन्तर्गतका क्याम्पसमा अध्ययन गरिरहेका विद्यार्थीको सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ८.४ प्रतिशतले बढेको छ।  

सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८०/०८१ मा आर्थिक वर्ष २०७९/०८० मा विभिन्न विश्वविद्यालय र अन्तर्गतका क्याम्पसमा अध्ययन गरिरहेका विद्यार्थीको सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ८‍.४ प्रतिशतले बढेर ७ लाख ३९ हजार ९ सय ४१ पुगेको उल्लेख छ।

आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष २०७८/७९ मा यस्तो सङ्ख्या २२.६ प्रतिशतले बढेर ६ लाख ८२ हजार ५ सय ८९ रहेको थियो।

‘तथ्याङ्क उपलब्ध भएका ११ विश्वविद्यालय र ३ प्रतिष्ठानका ७ लाख ३९ हजार ९ सय ४१ विद्यार्थीमध्ये ७९.४ प्रतिशत विद्यार्थी त्रिभुवन विश्वविद्यालय र अन्यमा २१.८ प्रतिशत विद्यार्थी अध्ययनरत छन्,’आर्थिक सर्वेक्षणमा उल्लेख छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.