|

बैतडी  : जयपपृथ्वी राजमार्ग राजमार्ग अन्तरगत बैतडीको  सुर्नया गाउँपालिका ६ भञ्ज्याङमा ट्रक दुर्घटनामा परेको हो।  धनगढीबाट सिमेन्ट बोकेर बझाङतर्फ जाँदै गरेको ना८ख ४५३९ नम्बरको ट्रक शुक्रबार बिहान दुर्घटनामा परेको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।

दुर्घटनामा परेर  चालक पाटन नगरपालिका ८ का ३५ वर्षीय लोकेन्द्रसिंह मडै र ट्रकमा सवार कैलालीको गोदावरी नगरपालिका ४ का ४५ वर्षीय मदन महरा घाइते भएका छन्।

घाइते दुवै जनालाई उपचारका लागि धनगढी लगिएको छ। उनीहरूको अवस्था मध्यम रहेको केसीले बताए।

दुर्घटनाको कारण खुल्न नसकेको ट्रक सडकबाट २५ मिटर तल खसेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.