|

भारतका विदेशमन्त्री जयशंकरले  सन् २०४७ सम्ममा भारतको कुल  गार्हस्थ उत्पादन (जिडिपी) ३०० खर्ब अमेरिकी डलर हुने बताएका छन्।

 भारतका १ अर्ब ४० करोड जनताले गर्ने उत्पादन क्षेत्रको पुनरुत्थानसँगै  विकसित देशको नागरिक भनिने गौरव गर्न लायक हुने बताएका छन्। 

यस्तै, यसअघि  पनि  केन्द्रीय अर्थमन्त्री निर्मला सीतारमणले  भाइब्रन्ट गुजरात ग्लोबल समिटलाई सम्बोधन गर्ने क्रममा सन् २०४७ सम्ममा ३०० खर्बको जिडिपी हुने बताएकी थिइन्। उनले सन् २०२८ सम्ममा ५० खर्ब  डलरको अर्थतन्त्र बन्ने पनि बताइन्।

चाखलाग्दो कुरा के छ भने मन्त्रीले अनुमान गरेअनुसारको आर्थिक बृद्धि सत्य सावित भएमा मुलुक अहिले सत्तामा रहेको नयाँ सरकारको कार्यकालमा हुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी र उनको सरकार  तेस्रो कार्यकाल पनि सरकार चलाउने योजनामा रहेका छन्।

जयशंकरले प्रधानमन्त्री नरेन्द्र मोदीको परिकल्पना अनुसार २०४७ सम्ममा विकसित भारत बनाउने  लक्ष्य लिएको बताए। यसैगरी, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का भारतका कार्यकारी निर्देशक कृष्णमूर्ति भेन्काटा सुब्रमण्यमले सन् २०४७ सम्म देशको अर्थतन्त्र ८ प्रतिशत वा सोभन्दा बढी वृद्धि हुने बताएका छन् ।  विश्व बैंकले सन् २०२४ माभारतको उत्पादन वृद्धि  ७ दशमलव ५प्रतिशत पुग्ने अपेक्षा गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.