|

काठमाडौं : गाउँ आएको बाटो फिल्मको ‘राई माइला’ गीत सार्वजनिक भएको छ। हिजो (शनिबार) बाँसुरी फिल्मस् प्रालिले सार्वजनिक गरेको गीतको लिरिक्स श्रवण मुकारुङले गरेका छन्। 
सुनिता थेगिमको स्वारमा रहेको उक्त गीत रोमी बस्नेतले एरेन्ज गरेका छन्। हालसम्म ५६ हजार ६ सय ९३ भ्युज पुगेको छ। 

जेठ १० गते ट्रेलर सार्वजनिक भएको उक्त फिल्म जेठ २५ गते देशभर प्रदर्शनमा आउँदै छ। ट्रेलरमा गाउँमा मोटरबाटो, प्रविधि आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढाव देखिन्छ। यस्तै, गाउँमा बाटो नपुग्दा भोग्नुपरेको समस्या, पहिलोपटक गाउँमा गाडी पुग्दाको खुशी देखाइएको छ। नवीन सुब्बा र अमोद राई निर्देशित सिनेमामा किरात राई समुदायको पृष्ठभूमिलाई केन्द्रमा राखिएको छ।

यस फिल्ममा दयाहाङ राई र पशुपति राई दम्पतीको भूमिकामा छन् भने बाल कलाकार प्रसन राई (बिन्द्रे) छोराको भूमिकामा छन्।

महेश राई र नवीन सुब्बाको लेखन रहेको यस फिल्ममा सुमित्रा राई, राज थापा र प्रेम सुब्बालगायत कलाकारको अभिनय रहेको छ। फिल्मको छायांकन अमेरिकी जोस हेरम र ताइवानका क्वान पुन लुङले सम्पादन गरेका छन्। 

गीतमा हङकङकी हाइडी लीको संगीत र राजेशपायल राईको आवाज रहेको छ भने संगीतकार भूपाल राई हुन्।

(भिडियाे)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.