|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले विद्युतीय सवारीहरूमा लगाइएको कर फिर्ता लिन अर्थमन्त्रीलाई आग्रह गरेका छन्। 

मंगलवार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१÷०८२ को बजेटमाथि छलफल गर्दै अध्यक्ष लिङदेनले विद्युतीय सवारीहरूमा लगाइएको कर फिर्ता लिन आग्रह गरेका हुन्। उनले विद्युत खपत गर्नका लागि विदेशमा बेच्नुपर्ने अवस्था भएको अवस्थामा विद्युतीय सवारीमा कर लगाइनु उचित नभएको बताए।

उनले कसैको कुरा सुनेर केवल राजस्व वृद्धि गर्न भनि विद्युतीय सवारीमा कर लगाउनु उचित नभएको बताए। उनले सधैँभरी अनुमान, अनुदान र ऋणमा आधारित भएर बजेट ल्याइने गरेको भन्दै यो प्रक्रिया असफल भएको बताए। उनले पूँजीगत खर्च र चालु खर्चको दूरी बढेको भन्दै त्यसलाई साँघुर्या‍उने कुनै प्रयत्न नभएको पनि बताए।

उनले बजेट नयाँ शैलीमा आउनुपर्ने भए पनि परम्परागत रुपमा नै आएको बताए। उनले बजेटमा धेरै विवादास्पद कुराहरू नभएको पनि बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.