|

बैतडी : भिरबाट खसेर बैतडीमा एकजना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको मृत्यु भएको छ। मृत्यु हुनेमा बैतडीको शिवनाथ गाँउपालिका–०५ कफाडीकी ३४ वर्षीया बिन्दु चन्द रहेकी छन्।

बुधवार विहान साढे ७ बजे घाँस काट्ने क्रममा बिन्दुको कोट भिरबाट खसेर घटनास्थलमै मृत्यु भएको शिवनाथ गाउँपालिकाका प्रवक्ता केशवबहादुर चन्दले बताए।

बिन्दु उदयदेव आधारभूत स्वास्थ्य केन्द्रमा १३ वर्षदेखि स्वंयसेविकाको रुपमा कार्यरत रहेकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.