|

जनकपुरधाम : मधेश प्रदेशमा दलहरुबीच सहमति नजुट्दा मुख्यमन्त्रीमा दावी पेश गर्न ढिलाइ भएको छ।

नेकपा एमाले, माओवादी र एकीकृत समाजवादी जनमत पार्टीको नेतृत्वमा सरकार बनाउन सहमत भइसकेका छन्। तर मन्त्रालय भागबण्डाको विषयमा उनीहरूबीच कुरा मिल्न सकेको छैन्।

​जनमत पार्टीले प्रदेश सांसद सतिश सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ। मन्त्रालय भागबण्डाका विषयमा बिहीवार बिहान ११ बजेदेखि दलहरुबीच भइरहेको छलफल निष्कर्षमा पुगेन

बैठकमा सहभागी एक नेताका अनुसार नेकपा एकीकृत समाजवादीले ३ वटा मन्त्रालयमा दावी गरेपछि कुरा मिल्न नसकेको हो।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.