|

बिर्तामोड : झापाको बिर्तामोडमा रहेको गिरीबन्धु टी स्टेट प्रालिका सञ्चालक छत्र गिरीले गिरीबन्धु टी स्टेट राज्यको सम्पत्ति नभएको बताएका छन्।

बुधवार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै गिरीबन्धुका सञ्चालक गिरीले आफ्नो वा आफ्ना परिवारको स्वामित्वमा भएको गिरीबन्धु टी स्टेट राज्यको सम्पत्ति नभएको भन्दै आक्रोश पोखेका हुन्।

उनले पत्रकारसामु गिरीबन्धु टी स्टेट आफ्ना बाबु–बाजेले आर्जेको सम्पत्ति भएको र त्यो सम्पत्ति राज्यको नभएको बताए। उनले आफ्नो निजी सम्पत्तिमा विभिन्न प्रकारका हल्ला फैलाइएको दावी गरे।

२०२१ सालमा भूमिसम्बन्धी ऐन लागू हुनुअघि नै गिरीबन्धुले चिया खेती विस्तार गरेको गिरीको भनाइ थियो। हदबन्दी छुटमा ५ सय बिघा जग्गा राख्ने अनुमति पाएकोमा अहिले गिरीबन्धुको नाममा ३९० बिघा जग्गा रहेको उनले बताए। सर्वोच्च अदालतले हालै गरेको फैसलालाई पालना गर्दै निकास खोज्ने प्रयास भइरहेको उनले बताए।

कै पटक धेरै जग्गा पाउन गाह्रो हुने भएकाले विभिन्न व्यक्तिसँगको सहकार्यमा जग्गाको कारोबार शुरु गरेको गिरीले स्वीकार गरेका छन्। दीपक मल्होत्रा, विष्णुबहादुर राईलगायत व्यक्तिहरूसँग जग्गा विषयमा कारोबार भएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.