|

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले राष्ट्रिय सुरक्षाको अभिभारा नेपाली सेनाले मात्रै लिएर सम्भव नहुने बताएका छन्।

बुधवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राष्ट्रिय सुरक्षाको अभिभारा नेपाली सेनाले मात्रै लिएर सम्भव नहुने बताएका हुन्। उनले राष्ट्रिय सुरक्षाका लागि नेपाली नागरिक पनि उभिनुपर्ने बताए।

उनले यसका लागि राष्ट्रिय सेवा दलको अभ्यासको दायरा बढाउनुपर्ने बताए। उनले सेनाका उपकरणको स्तरवृद्धि गर्नु आवश्यक रहेको पनि बताए।

सांसद प्रधानले भने, ‘आवश्यक पर्दा राष्ट्रिय सुरक्षाको अभिभारा नेपाली सेनाले मात्रै लिएर सम्भव हुँदैन। नेपाली नागरिक पनि उभिनुपर्ने अवस्था आउनसक्ने अवस्थालाई तयारी गर्ने क्रममा राष्ट्रिय सेवा दलको अभ्यासलाई यसको दायरा बढाउनुपर्ने सल्लाह दिन चाहन्छु।’

उनले विकसित सूचना प्रविधिको अध्ययन तथा अध्यापन गराउनुपर्ने पनि बताए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.