|

काठमाडौँ : सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा लैजानेबारे आफूलाई जानकारी नभएको बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले दुवै पार्टीलाई सरकारमा सहभागी गराउने तयारी गरिरहेका बेला उनले यस्तो प्रतिक्रिया दिए। बिहीवार अपराह्न संसद भवन परिसरमा सञ्चारकर्मीले मन्त्रिपरिषद् पुनर्गठनबारे राखेको जिज्ञासाको जवाफमा अध्यक्ष नेपालले त्यस विषयमा आफूलाई कुनै जानकारी नभएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालसँग भेटेर सोध्ने बताए।

अध्यक्ष नेपालले भने, ‘मलाई थाहा छैन। भेट हुँदा सोधौँला।’ प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा सहभागी गराउन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर छलफल गर्दै आएका बताइन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.