|

काठमाडौं : पाल्पामा जीप दुर्घटना हुँदा नौजना घाइते भएका छन्। निस्दी गाउँपालिका-४, स्थित झ्याङ्लिङ् सडक खण्डमा आइतबार बिहान सवा ४ बजेतिर दुर्घटना भएको हो।

होराइजन डेन्टल रामपुर अस्पताल सञ्चालित भीरपानी डेन्टल शिविरमा गई फर्किने क्रममा बा १५ च ५९४ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले बताए। 

घाइतेमध्ये जीप चालकसहित चारजनाको अवस्था मध्यम छ। उनीहरूलाई रामपुर अस्पतालबाट थप उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा रिफर गरिएको छ अन्य पाँचजनाको अवस्था सामान्य छ। 

घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.