|

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताले मुलुकलाई दुर्गतितर्फ लगिरहेको दाबी गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाजिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन्।

संघीय शासन प्रणालीको नौ वर्षको व्यावहारिक अनुभवबाट हाम्रो मुलुकको आर्थिक दुर्गति, राजनीतिक अस्थिरता, विखण्डनको कारकतत्व संघीयता भएको कुरा स्पष्ट हुँदै गइरहेको अध्यक्ष केसीको भनाइ थियो।

उनले शासकहरुको प्रवृत्ति एकात्मक हुँदा पनि मुलुकका लागि संघीयता पासो बन्न गएको जिकिर गरे। अध्यक्ष केसीले संघीयताको सुदृढिकरणका लागि विश्व बैंक लगायतबाट ऋण लिएर त्यसको भार नेपाली जनतालाई बोकाउने कुरा मान्य नहुने बताए।

उनले भने, ‘अब मुलुकलाई सबैभन्दा ठूलो समस्या के भयो भने–मुलुकलाई समृद्धशाली बनाउनका लागि हामीले संघीय प्रणाली बनायौँ। जुन यहाँको भूगोल, यहाँको अर्थतन्त्र, यहाँका नेताहरुको मनोवृत्ति, शासकहरुको प्रवृत्ति एकात्मक, मुलुक संघात्मक। तपाईंहरुलाई सबैभन्दा बढी पासो परेको कुरा यही हो। संघीयता कार्यान्वयनका लागि थुप्रै कार्यक्रम कार्यान्वयन गर्न पनि भनिएको छ। तर संघीय शासन प्रणालीको नौ वर्षको व्यावहारिक अनुभवबाट हाम्रो मुलुकको आर्थिक दुर्गति, राजनीतिक अस्थिरता, विखण्डनको कारकतत्व संघीयता भएको कुरा स्पष्ट हुँदै गइरहेको छ।'

अध्यक्ष केसीले संघीयताले मुलुकलाई विखण्डनको बाटोमा लैजाने देखिएको पनि बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.