|

काठमाडौं : चीन सरकारको एक उच्चस्तरीय टोली आज नेपाल आउँदैछ। 

गृह मन्त्रालयको निमन्त्रणामा सिचुवान प्रान्तका उपप्रमुख एवं  पब्लिक सेक्युरिटिज  विभागका प्रमुख ये हानपिन नेतृत्वमा ५ सदस्यीय टोली आज बिहान नेपाल आउन लागेको हो। 

हानपिन नेतृत्वको टोलीले परराष्ट्र मन्त्री, गृहमन्त्री, गृहसचिव लगायत उच्च अधिकारीहरुसँग भेट गर्नेछ। गृह मन्त्रालयमा आपसी हित र सुरक्षा चासोका विषयमा द्विपक्षीय छलफल हुनेछ। भ्रमण टोलीमा तङ हुवा, जङ सिआओछिन, चुङ ख, थाङ जिआसिन रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.