|

काठमाडौँ : संघीय संसद् सचिवालयका कर्मचारीहरूले संसद्का महासचिवको कार्यकक्ष घेराउ गर्दै विरोध गरेका छन्। 

संसद् भवन नयाँ बानेश्वरस्थित संसद्का महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्ष घेराउ गर्दै उनले संसदमा अतिरिक्त समयमा काम गरेबापतको सेवा सुविधा व्यवस्था गर्न माग गरेका हुन्। कर्मचारीहरूले आन्दोलनका क्रममा हातमा कालोपट्टीसमेत बाँधेर विरोध जनाएका थिए। उनीहरूले संसदमा कार्यालय समय बाहेक अतिरिक्त समयमा काम गरेको भत्ता लगायत सेवा सुविधा थप गर्न माग गर्दै उनीहरूले बिहान १० बजेदेखि ११ बजेसम्म धर्ना दिएका हुन्।

संसद् सचिवालयका कर्मचारी युनियनका अध्यक्ष गोविन्दप्रसाद बेल्वासेले साँझ ५ बजेसम्मको समय कुर्ने र माग पूरा नगरे बुधवारबाट १० देखि १२ बजेसम्म आन्दोलन गर्ने चेतावनी दिए। उनले बजेटमा आगामी वर्षको अतिरिक्त समयको सेवा सुविधा सुनिश्चितता हुनुपर्ने माग गरे। उनले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए।

संसद् सचिवालयका कर्मचारीहरू ११ बुँदे मागसहित आन्दोलनमा छन्। सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसहित संसद्का राजनीतिक दलका प्रमुख सचेतकहरूले सोमवार कर्मचारीहरूसँग छलफल गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.