|

काठमाडौं : दूधको भुक्तानी दिन माग गर्दै दुग्ध किसानले विरोध प्रदर्शन गरेका छन्। दूधको भुक्तानी तत्काल दिन माग गर्दै बुधबार बिहान उनीहरूले दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय घेराउ गरेका हुन्। 

दुग्ध उत्पादक कृषकले दुग्ध विकास संस्थान लगायत निजी डेरीहरूबाट लामो समयदेखि दूधको भुक्तानी पाउन बाँकी रहेको भन्दै भुक्तानी दिन माग गरेका हुन् । विरोध प्रदर्शनका क्रममा ३४ जनालाई  प्रहरीले पक्राउ गरेको छ। 

भुक्तानी लगायत विभिन्न मागसहित पटक-पटक गरेको सम्झौता-सहमति समेत कार्यान्वयन नभएको उनीहरूको भनाइ छ। ​

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.