|

काठमाडौं : संसद्का कर्मचारीहरूले आज पनि आन्दोलन गरेका छन्। आफ्नो आवाज सुनुवाइ नभएको भन्दै संसद् भवनभित्रै आन्दोलन जारी राखेका उनीहरूले नयाँ बानेश्वरस्थित संसद् भवन हाताभित्र हातमा कालो पट्टी बाँधेर सङ्घीय संसद् सचिवालयका कर्मचारीले संसद्का महासचिवको कार्यकक्ष घेराउ गरेका हुन्।

संसदमा कार्यरत कर्मचारीको सेवा सुविधा वृद्धि गर्नुपर्ने, अतिरिक्त कामको अतिरिक्त भत्ताको व्यवस्था गर्नुपर्ने माग गर्दै संसद् सेवा अन्तर्गतका कर्मचारी निरन्तर आन्दोलन गर्दै आएका छन्।

गत जेठ २१ गतेदेखि आन्दोलन गर्दै आएका उनीहरूले मंगलबार पनि आन्दोलन गर्दै महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्ष घेराउ गरेका थिए।

कर्मचारीहरूको आन्दोलन जारी रहँदा आज ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक करिब १ घण्टा ढिला सुरु भएको छ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.