|

काठमाडौं : नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराष्ट्रपतिले कुनैपनि पार्टीको सदस्यता नवीकरण गरेपछि पूर्वराष्ट्रपतिको हैसियतमा सुविधा लिइरहन मिल्छ वा मिल्दैन भन्ने कुराको सरकारसँग जवाफ माग गरेका छन्। बुधबारको प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सदस्यता नविकरण गरेको भन्ने समाचारप्रति इंगित गर्दै पार्टी सदस्यता नविकरणपछि पनि पूर्वराष्ट्रपतिको हैसियतमा सेवा सुविधा लिन मिल्छ वा मिल्दैन? भन्नेबारे सरकारको जवाफ माग गरेका हुन्।

उनले राज्यले सोबारेमा के सोचेको छ? भन्ने उनको प्रश्न थियो। उनले संविधानतः पार्टी सदस्यता नविकरण गर्न पाइन्छ कि पाइँदैन? भन्नेबारेमा सरकारले संसदलाई जवाफ दिनुपर्ने बताए।

उनले भने, ‘पूर्वराष्ट्रपतिले एउटा कुनै पार्टीको सदस्य नविकरण गरेको समाचार सुन्नमा आयो। पार्टीको सदस्य नविकरण गरेको हो भने पूर्वराष्ट्रपतिको हैसियतमा सुविधा लिन मिल्छ मिल्दैन, राज्यले त्योबारे के सोचेको छ। सरकारले त्यसको जवाफ दिओस्।'

उनले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा कानूनी प्रक्रिया नपुर्‍याईकन नियुक्ति गर्ने प्रक्रिया अघि बढाइएको भन्दै आपत्तिसमेत जनाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.