काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण कुमार चौधरीले बजेटको पक्षमा मतदान नगर्ने संकेत गरेका छन्।
प्रतिनिधिसभामा बुधबार मन्त्रालयगत बजेट छलफलमा भाग लिँदै चौधरीले भौतिक पूर्वाधार मन्त्रीले बजेटमा एकलौटी गरेको भन्दै आक्रोश व्यक्त गरे।
भौतिक पूर्वाधार मन्त्रालयको पुस्तिका नआउँदासम्म बजेट ठिकै लागेको भन्दै चौधरीले त्यो पुस्तिका आएपछि यसैगरी चल्ने रहेछ भन्ने थाहा भएको बताए।
‘हाम्रो टाउको गनेर सरकार चलिरहेको छ भन्ने कुरा माननीय मन्त्रीज्यूहरुले बिर्सिनुभयो। हाम्रै मतले तपाईंहरूले झण्डा हल्लाएर हिँड्न पाएको हो। यो बजेट पास गर्ने बेला पनि हाम्रो मत चाहिन्छ भन्ने कुरा बिर्सनु भयो।’ उनले भने, ‘बजेट पास गर्ने बेला दुई चार टाउको/मत कम गरेर क्यालकुलेसन गर्नुहोला ।’
प्रधानमन्त्रीलाई विश्वासको मत दिएको नागरिक उन्मुक्ति सरकारमा जाने तयारीमा पनि रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।