|

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले जनकपुर गुठीको जग्गा स्थानीय प्रशासन, जनप्रतिनिधि, पत्रकार र ठेकेदारहरू मिलेर लुट गरिरहेको बताएका छन्।

बुधवार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद झाले यस्तो बताएका हुन्। उनले किश्वरदास र चर्तुभुज गिरीले जनकपुरको निर्माण प्रक्रिया शुरु गरी मकवानपुरको राजपरिवारबाट इन्द्रविधाता सेनका तर्फबाट १४ सय बिघा जग्गा दान दिएर जनकपुरमा २ कुटी र ७२ कुण्ड शहरको रूपमा निर्माण भएको बताए। अहिले आएर जनकपुरका सबै गुठी र कुटी तथा ५२ कुण्ड ४० कुण्डमा झरेको बताए।

सांसद झाले भने, ‘किश्वरदास र चर्तुभुज गिरीले जनकपुरको निर्माण प्रक्रिया शुरु गर्नुभयो। मकवानपुरको राजपरिवारबाट इन्द्रविधाता सेनका तर्फबाट १४ सय बिघा जग्गा दान भयो। त्यसले जनकपुरमा २ कुटी र ७२ कुण्ड शहरका रूपमा निर्माण भयो तर अहिले आएर जनकपुरका सबै गुठी र कुटी तथा ५२ कुण्ड ४० कुण्डमा झरिसक्यो। सबै स्थानीय प्रशासन जनप्रतिनिधि, पत्रकार, ठेकेदारहरू मिलेर त्यहाँका जग्गाको लुट गर्दै छन्। त्यसमा सबै सरोकार साझेदारहरूको ध्यानाकर्षण गराउँदै जिम्मेवार हुन आग्रह गर्छु।’

उनले जनकपुर गुठीको जग्गामा सबै स्थानीय प्रशासन जनप्रतिनिधि, पत्रकार, ठेकेदार मिलेर त्यहाँका जग्गाको लुट गरिरहेको भन्दै यसमा सरकारको ध्यान जानुपर्नेमा जोड दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.