|

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले मुलुकका नयाँ युवा पुस्तामा निराशा छाएको बताएका छन्। बुधबार प्रतिनिधि सभा बैठकमा विनियोजित बजेटको युवा तथा खेलकुद मन्त्रालयगत छलफलमा माग लिँदै सांसद केसीले यस्तो बताएका हुन्।

उनले सदनमा आएका सांसद पनि विद्यार्थीबाट आएको भन्दै विद्यार्थी हुँदा नै राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रको पक्षमा लडेको बताए। उनले तर अहिलेका युवा विद्यार्थीहरूले राजनीतिक, राष्ट्रियता र देशप्रति निराश रहेको बताए।

उनले युवाहरुले विदेश जानुको पछाडि अरु नदेख्नुको प्रमुख जिम्मेवार सांसद राजनीतिक नेनृत्व हुन आवश्वयक रहेको बताए। उनले प्रमुख राजनीतिक नेतृत्वले मुलुकमा राजनीति राष्ट्र र जनताको लागि नगरेर आफू र आफ्नो परिवारको लागि राजनीति मात्रै गर्दाको परिणाम अहिले लाखौँ लाख युवाहरुले देश छाडेर गइरहेको बताए। 

उनले भने,‘नेपालका नयाँ युवा पिढी अत्यन्तै निराश छ। सदनमा आएका सांसद पनि विद्यार्थीबाट नै आएका हैनौँ। विद्यार्थी हुँदा नै राष्ट्रियता,लोकतन्त्र र गणतन्त्रको पक्षमा लडेका हौँ। अहिलेका नयाँ युवाहरुलाई सोध्नुस्। राजनीतिक,राष्ट्रियता र देशप्रति उनीहरु निराश छन्। युवाहरुले विदेश जानुको पछाडि अरु नदेख्नुको प्रमुख जिम्मेवार सांसद हुनुपर्छ। हामीले राजनीति राष्ट्र र जनताको लागि गरेनौँ।’

उनले मुलुकको अहिलेको शिक्षा प्रणाली सुधार गर्न आवश्यक रहेको बताए। उनले बजेट नपरेका निर्वाचन क्षेत्र र जिल्लामा सांसदहरुले मुख देखाउन जान नसक्ने अवस्था सिर्जना भएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.