|
फाइल तस्वीर

काठमाडौँ : सत्तारुढ प्रमुख घटक नेकपा एमालेका सचिव भीमप्रसाद आचार्यले सरकारले राष्ट्रिय खेलाडीहरुलाई मासिक तलब भत्ताको व्यवस्था गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका छन्।

बुधवार प्रतिनिधिसभा बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन्। उनले सबै प्रदेशमा रंगशाला निर्माण गर्न पनि सरकारलाई सुझाव दिए। 

उनले पालिकामा एउटा रंगशाला हुनुपर्ने र त्यसको लागि आवश्यक बजेटको व्यवस्था प्रदेश सरकारले गर्नुपर्ने प्रस्ताव पनि गरे। सचिव आचार्यले सबै माध्यामिक तहको अध्ययनमा खेलकुदलाई अतिरिक्त विषयको रुपमा अनिवार्य व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए।

‘सात वटै प्रदेशमा‚ जिल्ला सदरमुकाममा रंगशाला निर्माण गर्नुपर्छ र पालिकामा एउटा रंगशालाको निर्माण प्रदेश सरकारले गर्नुपर्छ। क्रिकेट खेलले जुन प्रगति गरिरहेको छ‚ त्यसलाई ध्यान दिएर थप फुटबल, कराँते, यो धेरै मास इन्भल्व भएको खेल हो‚’ उनले भने, ‘सबै खेलका राष्ट्रिय स्तरका खेलाडीहरुलाई मासिक तलबभत्ता, जीविकोपार्जनको व्यवस्था यो बजेटले गर्न सक्नु पर्दथ्यो र प्रत्येक स्कुलमा खेलकुदको अतिरिक्त पढाई हुनुपर्छ। प्रत्येक प्रदेशमा मा १/१ वटा खेलकुद कलेज व्यवस्था गर्नुपर्छ।’

सचिव आचार्यले सबै प्रदेशमा १/१ वटा खेलकुद कलेजको व्यवस्था गर्न पनि सरकारलाई दबाब दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.