|

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रको समृद्धि संस्कृतिबाटै सम्भव रहेको बताएका छन्।

बुधवार सांस्कृतिक संस्थानको ५२ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन्। उनले संस्कृति समाज रूपान्तरणको सशक्त माध्यम भएको उल्लेख गरे।

उनले नेपाल बहुल जातजातिको सांस्कृतिक विविधताले भरिपूर्ण राष्ट्र भएकै कारण संस्कृतिबाटै समृद्धिको आधार निर्माणतर्फ विशेष ध्यानाकर्षण गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संस्कृतिको संरक्षण, संवर्धन, प्रवर्धन, दस्तावेजीकरण तथा पुस्तान्तरणका लागि राज्यको नीतिलाई प्राथमिकताका साथ कार्यान्वयनलाई जोड दिएको बताए।

उनले नेपाल र नेपालीको अस्तित्व र पहिचानसँग जोडिएको संस्कृति जस्तो संवेदनशील विषयलाई संरक्षणतर्फ विशेष ध्यानाकर्षण हुनु जरुरी रहेको बताए। उनले जातजातिका अमूर्त सांस्कृतिक सम्पदालाई दस्तावेजीकरण सहित विश्व सांस्कृतिक सम्पदामा सूचीकरणका लागि विशेष पहल अपरिहार्य रहेको बताए।

तामाङले भने, ‘सांस्कृतिक रूपान्तरणसँगै समाज रूपान्तरणका लागि नेपाल सरकारको ऐतिहासिक पृष्ठभूमि बोकेको एकमात्र आधिकारिक एवं ज्येष्ठ निकाय सांस्कृतिक संस्थानले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। नेपाल बहुल जातजातिको सांस्कृतिक विविधताले भरिपूर्ण राष्ट्र भएकै कारण संस्कृतिबाटै समृद्धिको आधार निर्माणतर्फ विशेष ध्यानाकर्षण गरी नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संस्कृतिको संरक्षण, संवर्धन, प्रवर्धन‚ दस्ताबेजीकरण तथा पुस्तान्तरणका लागि राज्यको नीतिलाई प्राथमिकताका साथ कार्यान्वयनलाई जोड दिएको छ।’

मन्त्री तामाङले संस्कृतिलाई पर्यटनसँग जोडेर पर्यटन लक्षित कार्यक्रम र उत्पादनतर्फ विशेष जोड दिनुपर्ने बताए। उनले संस्कृतिका माध्यमबाट आर्थिक समृद्धिको मार्ग निर्माणमा लाग्नुपर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.