|

काठमाडौँ : आइसीसी टी-२० विश्वकप अन्तर्गतको सुपर एटको अहिले अस्ट्रेलिया र बंगलादेशबीचको खेल जारी छ। ​ एन्टीगास्थित सर भिभीयन रिचार्ड्स स्टेडियममा टस हारेर बंगलादेशले ब्याटिङ थालेको छ।

पहिले ब्याटिङमा आएको बंगलादेशले पहिलो ओभरमै विकेट गुमाएको छ। पहिलो ओभरको तेस्रो बलमै बंगलादेशका ओपनर तान्जिद हुसेन मिचेल स्टार्कको बलमा आउट हुन पुगे।

जारी विश्वकपमा अस्ट्रेलियाले समुह चरणका चारै खेल जितेर सुपर आठमा पुगेको हो। त्यस्तै बंगलादेशले भने समुह चरणमा तीन खेल जितेर सुपर आठमा पुगेको हो।

अहिलेसम्म अस्ट्रेलिया र बंगलादेशबीच कुल १० टी-२० अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा अस्ट्रेलियाले ६ खेल जितेको छ भने बंगलादेशले ४ खेल जितेको छ।

त्यस्तै आज दोस्रो खेल सुपर आठको समुह २ मा रहेका ईङल्याण्ड र दक्षिण अफ्रिकाबीच खेल हुदै छ। सेन्ट लुसियास्थित डारेन सामी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरु हुने छ।

यस विश्वकपको सुपर आठको खेलमा ईङल्याण्ड र दक्षिण अफ्रिकाले आ-आफ्नो पहिलो खेल जितेका छन्। पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई र ईङल्याण्डले वेस्ट इन्डिजलाई पराजति गरेको छ। यो खेलमा जित हासिल गर्ने देशले सेमिफाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाउने छ।

ईङल्याण्ड र दक्षिण अफ्रिकाबीच अहिलेसम्म कुल २५ टी-२० खेल भएका छन्। जसमा दुवैले १२-१२ खेल जितेका छन् भने एक खेलको नतिजा आएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.