|

काठमाडौं : उपत्यकामा मेलम्चीको पानी तत्काल बन्द नहुने भएको छ।

वर्षाका कारण मेलम्ची नदीमा बहाव बढ्न सक्ने भन्दै पानीको आपूर्ति शुक्रबारदेखि बन्द गर्ने भनिए पनि तत्काल गर्नुपर्ने अवस्था नदेखिएको खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए। 

यद्यपि मेलम्ची नदीमा पानीको बहाव बढ्न साथ बाढीको जोखिम बढ्न सक्ने भन्दै अम्बाथानस्थित मूलद्वार जुनसुकै बेला बन्द हुने लामिछानेले बताए। 

परामर्शदाता र एसियाली विकास बैंकले (एडीबी)को मनसुनजन्य विपत्तिबाट आयोजनामा पुग्नसक्ने सम्भावित क्षति कम गर्न मेलम्ची बन्द गर्न सुझाव थियो। 

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी उपत्यकावासीलाई वितरण गरिने भनिएकोमा हाल आयोजनाबाट दैनिक २० करोड लिटर हाराहारीमा पानी वितरण भइरहेको छ । काठमाडौंमा दैनिक ४३ करोड खानेपानीको माग छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.