|

काठमाडौँ : अवैधरूपमा सुन तस्करी गरेको आरोपमा ३ जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा बाँकेको खजुरा गाउँपालिका–८ का २४ वर्षीय मोहमद दिलसाद खाँ, नवलपरासीपूर्व गैँडाकोट नगरपालिका–१३ का २६ वर्षीय सन्तोष परियार र तनहुँको भानु नगरपालिका–१३ का २५ वर्षीय अन्जिल गुरुङ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। 

हिमालय एयरको उडानमार्फत कतारबाट नेपाल आएका खाँलाई प्रहरीले  सिनामंगलबाट पक्राउ गरेको हो। सुरक्षा जाँचका क्रममा खाँले निलो रङको जिन्स पाइन्टको कम्मरको भागमा सेतो टिस्यु पेपरले फोल्ड गरी लुकाइछिपाइ राखेको अवस्थामा सुन ल्याएको पाइएको हो। 

उनको साथबाट ९ लाख ९९ हजार ३९६ रुपैयाँ बराबरको ६९ दशलमव ८९० ग्राम तौलको ब्रासलेट र ११ दशमलव ६५० ग्राम तौल भएको बेरुवा औँठी फेला परेको प्रहरी उपरीक्षक अंगुर जिसीले जानकारी दिए।

खाँले सुन ओसारपसार गर्ने कार्यमा सन्तोष परियार र अन्जिल गुरुङको पनि संलग्नता भएको बताएपछि प्रहरीले तीनै जनालाई पक्राउ गरेको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.