|

काठमाडौँ : आईसीसी टी-२० विश्वकपमा सुपर ८ को अहिले भइरहेको खेलमा यूएसएले इंग्ल्याण्डलाई जितका लागि ११६ रनको लक्ष्य दिएको छ।

वेष्ट इण्डिजको ब्रिजटाउनस्थित केन्सिङ्टन ओवलमा टस जितेर इंग्ल्याण्डले पहिले फिल्डिङ गर्ने निर्णयलाई उसका बलर क्रश जोर्डनले सही सावित गर्दै १९औँ ओभरमा ह्याटट्रिकसहित ४ विकेट लिए।

पहिले ब्याटिङ गरेको यूएसएले निर्धारित १८ ओभर ५ बलमा सबै विकेट गुमाएर ११५ रन बनायो। 

उसका लागि नितिश कुमारले सर्वाधिक ३० तथा कोरी एन्डरसनले २९ रनको योगदान गरे। हरमित सिंहले २१ रन बनाउँदा स्टिभन टेलरले १२ रन जोडे। कप्तान आरोन जोन्स १० रनमै आउट भए।  

बलिङतर्फ क्रिस जोर्डनले सर्वाधिक ४ विकेट लिए। आदिल रशीद र साम करनले २/२ विकेट हात पारे।

समूह बी बाट सेमिफाइनलको सम्भावना कायमै राख्न इंग्ल्याण्डमाथि आजको खेल जित्नैपर्ने दबाब छ। 

समूह बी बाट शीर्षमा रहेको दक्षिण अफ्रिकाले सेमिफाइनलको यात्रा लगभग तय गरिसकेकाले अब इंग्ल्याण्ड र वेष्ट इण्डिजमध्ये एउटा टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ। यो समूहबाट अमेरिका भने बाहिरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.