|

काठमाडौं : आयोजक वेष्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका आइसिसी टी–ट्वेन्टी विश्वकपको सेमिफाइलनमा प्रवेश गरेको छ। 

आज बिहान भएको खेलमा दक्षिण अफ्रिका तीन विकेटले विजयी भयो। टस हारेर ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ३६ रनको लक्ष्य थिएको थियो। तर, वर्षाले खेल प्रभावित हुँदा तीन ओभर कम गरिएको हो। १२३ रनको लक्ष्य दक्षिण अफ्रिकाले सात विकेट गुमाउँदै लक्ष्य भेट्टायो। 

ग्रुप–२ मा इङ्ल्यान्ड र दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश गरेका छन्। गएराति अमेरिकालाई दश विकेटले हराउँदै सेमिफाइनलमा प्रवेश गरिसकेको हो । सुपर ८ मा अंकविहिन रहेको अमेरिका बाहिरिएको छ। यस्तै वेष्ट इन्डिज पनि सुपर एट बाटै बाहिरियो। 

यसअघि वेष्ट इन्डिजको इनिङ्समा रोस्टन चेसले ४२ बलमा ५२ रन बनाए। ओपनर केली मायरले ३५, आन्द्रे रसेलले १५ रन बनाउनु बाहेक अन्य ब्याटर चल्न सकेनन्। ओपनर साइ होप गोल्डेन डकआउट भएपछि वेष्ट इन्डिज दबाबमा आएको थियो।

चौथो नम्बर क्रिजमा आएका चेजले वेष्ट इन्डिजको स्कोर बनाएका हुन्। मायर र चेजबीच तेस्रो विकेटको लागि ६५ बलमा ८१ रनको साझेदारी भएको थियो।

वेष्ट इन्डिजलाई सस्तैमा समेट्न स्पिनर ताबराइज साम्सी घातक बने। उनले ४ ओभरमा २७ रन खर्चिँदै तीन विकेट हात पारेका थिए। 

घरेलु टोलीविरुद्ध वेष्ट इन्डिजले साम्सीसँगै अर्का स्पिनर केशव महाराजालाई मैदान उतारेको थियो। ग्रुप बी बाट दक्षिण कोरिया र इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गर्दा ग्रुप एको टुंगो भने भोलि बिहान मात्रै लाग्ने भएको छ। 

ग्रुप एमा आज भारत र अष्ट्रेलिया भिड्दा भोलि बिहान बंगलादेश र अफगानिस्तान आमने सामने हुने भएका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.