|

संखुवासभा : संखुवासभामा २१ महिनाकी बालिका बलात्कृत भएकी छन्। आफ्नै घरमा बसिरहेकी ती बालिकालाई १४ वर्षका युवकले फकाएर बलात्कार गरेको प्रहरीले जनाएको छ।

घरमा एक्लै बसेको अवस्थामा बालिका बलात्कारमा परेकी हुन्। पीडित पक्षको उजुरीका आधारमा आरोपित युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी घनश्याम श्रेष्ठले बताए।

बालिकाका अभिभावक खेतबारीमा काम गर्न गएका वेला ती बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ। पक्राउ परेका युवकमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पीडित बालिकाको उपचार भइरहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.