|

काठमाडौँ : आगामी आर्थिक वर्ष २०८१।८२ का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाएको बजेट मन्त्रालय र अन्तर्गतका निकायमा बाँडफाँड भएको छ।

स्वास्थ्य मन्त्रालयले कुल बजेटबाट आगामी आर्थिक वर्षका लागि ८६ अर्ब २४ करोड बजेट पाएको थियो।

मन्त्रालयका अनुसार जसमा आगामी वर्षका लागि विनियोजित स्वास्थ्यतर्फको कुल बजेटमध्ये संघतर्फ ४६ अर्ब १४ करोड २३ लाख रुपैयाँ अर्थात् कुल स्वास्थ्य बजेटको ५३.५१ प्रतिशत छुट्याइएको छ। जसमा बजेटमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण हुने रकम समेत राखिएको छ। जसमै निर्माणाधीन आधारभूत अस्पतालका लागि १५ अर्ब ४१ करोड रुपैयाँ विनियोजन गरिएको छ।

यस्तै प्रदेशका लागि अनुदानतर्फको कार्यक्रम आयोजना बजेट भनेर कुल ६ अर्ब ३७ करोड ८६ लाख रुपैयाँ र स्थानीय तह अनुदानतर्फको कार्यक्रम आयोजनाको बजेट ३३ अर्ब ७१ करोड ८० लाख रुपैयाँ छुट्याइएको मन्त्रालयको नीति योजना महाशाखाले जनाएको छ।

यसैगरी कार्यगत व्यय अनुमानमा मन्त्रालयले औषधि उत्पादन उपकरण तथा औजारमा १ अर्ब ४५ करोड १ लाख रुपैयाँ, बहिरंग सेवातर्फ २ अर्ब ३० करोड २२ लाख रुपैयाँ, अस्पताल सेवातर्फ २४ अर्ब ३७ करोड ४६ लाख रुपैयाँ छुट्याइएको छ।

यसैगरी सार्वजनिक स्वास्थ्य सेवामा २० अर्ब ८४ करोड ९० लाख रुपैयाँ, स्वास्थ्य अनुसन्धान सेवामा ७ अर्ब ८७ करोड १३ लाख रुपैयाँ र स्वास्थ्य संयन्त्र वर्गीकरण नभएको शीर्षकमा ४५ करोड ५१ लाख रुपैयाँ गरी कुल ५७ अर्ब ३० करोड २३ लाख रुपैयाँ विनियोजन गरिएको महाशाखाले जनाएको छ।

विश्व स्वास्थ्य संगठनले कुल बजेटको कम्तिमा १० प्रतिशत बजेट स्वास्थ्यका लागि छुट्याउनुपर्ने भन्दै आएको छ। स्वास्थ्य क्षेत्रका विज्ञहरूले पनि १० प्रतिशत बजेट माग गर्दै आइरहेका छन् तर बजेटमा सरकारको प्राथमिकतामा यसपटक पनि स्वास्थ्यमा परेको देखिएन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.