|
फाइल तस्वीर

काठमाडौँ : युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले लागुऔषध दुर्व्यसनको विकराल अवस्था रोक्न सबै एकजुट हुनुपर्ने बताएका छन्।

बुधवार लागुऔषध ओसारपसार विरुद्धको अन्तरराष्ट्रिय दिवसका अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकजुट हुनुपर्ने बताएका हुन्। 

उनले लागुऔषध दुर्व्यसन न्यूनीकरण र रोकथामका विषयमा सरकार, राजनीतिक दल, सम्बन्धित संघसंसथा, समाज एकजुट हुनुपर्ने बताए।

लागुऔषध दुर्व्यसन नेपालमा विकराल भएको भन्दै उनले अहिले मसिना कुरामा राजनीति गरेर अड्केर बस्ने समय नभएको बताए। उनले सीमा क्षेत्रमा मात्र नभइ जुम्लालगायत हिमाली जिल्लाहरुमा समेत लागुऔषधको दुर्व्यसन विकराल बनेको बताए।

‘म यही मञ्चबाट सबै राजनीतिक दलहरु, प्रतिपक्षदेखि लिएर सबैलाई के अनुरोध गर्दछु भने यस्ता लागुऔषध दुर्व्यसन न्यूनीकरण र रोकथामका विषयहरुमा हामी सबै एक ठाउँमा उभिनुपर्छ‚’ उनले भने‚ ‘बोर्डर एरियामा मात्रै भन्ने ठानेको थिएँ, जुम्लामा पनि लागुऔषधको विकराल अवस्था भइसकेको रहेछ। यो राष्ट्रिय रोग हो। हामी एक भएर लड्नुपर्छ। यस्ता विषय राजनीतिक मुद्दा बनोस्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.