|

काठमाडौँ : यसअघि आईसीसीको वरीयतामा छैटौँ स्थानमा रहेका नेपाली अलराउण्डर दीपेन्द्रसिंह ऐरीको वरीयता खस्किएको छ। 

अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले आज सार्वजनिक गरेको टी–२० अलराउण्डरतर्फको नयाँ वरीयतामा उनी एक स्थान तल झरेका छन्। यसअघि छैटौँ वरीयतामा रहेका ऐरी नयाँ वरीयतामा सातौँ स्थानमा आइपुगेका छन्। 

वरीयताको शीर्ष स्थानमा श्रीलंकाका वानिन्दु हसरंगा रहेका छन्। दोस्रो स्थानमा अफगानिस्तानका मोहम्मद नाबी रहँदा तेस्रो स्थानमा भारतका हार्दिक पाण्ड्या रहेका छन्। 

टी–२० को ब्याटिङतर्फ भने दीपेन्द्रको वरीयता ४६औँ स्थानमा यथावत नै रहेको छ। 

ब्याटिङतर्फ रोहित पौडेल ६१औँ तथा आशिफ शेख ७०औँ स्थानमा यथावत रहेका छन्। 

बलिङतर्फ सोमपाल कामी ९१औँ स्थानमा यथावत रहँदा दीपेन्द्र एक स्थान खस्कँदै ९७औँ स्थानमा झरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.