|

काठमाडौं : आईसिसी टी– ट्वेन्टी विश्वकपको सेमिफाइनलमा आज अफगानिस्तान र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ।

ब्रायन लारा स्टेडियम ट्रिनिडाड टस जितेको अफगानिस्तानले ब्याटिङ गर्ने भएको छ।  खेल नेपाली समय अनुसार बिहान सवा ६ बजे सुरु हुनेछ।  सुपर एटको समुह १ को उपविजेताका रुपमा अफगानिस्तान अन्तिम ४ मा पुगेको हो। पहिलो पटक विश्वकपको सेमिफाइनल पुगेको अफगानिस्तान भारतसँग हार व्यहोर्दा अष्ट्रेलिया र बंगलादेशलाई हराएको थियो। 

समूह चरणको पहिलो खेलमा युगान्डालाई १२५ रनले हराएको अफगानिस्तानले न्यूजिल्याण्डलाई ८४ रनको फराकिलो अन्तरले हराएको थियो। यसैगरी पपुवा न्यूगिनीलाई सात विकेटले हराएको थियो। समूह चरणमा भने अफगानिस्तान वेष्टइन्डिजसँग १०४ रनको पराकिलो अन्तरले पराजित भएको थियो।

जारी विश्वकपमा शतप्रतिशत जित निकाल्ने एक मात्र टोली दक्षिण अफ्रिका सुपर एटको समुह २ को विजेताका रुपमा सेमिफाइनल पुगेको हो। सुपर एटमा उसले सहआयोजक अमेरिकासहित दुई दाबेदार टोली इङ्ल्याण्ड र वेस्ट इण्डिजलाई हराएको थियो। समूह चरणमा नेपालसँग १ रनको नाटकीय जित निकालेको दक्षिण अफ्रिकाले नेदरल्याण्ड, श्रीलंका र बंगलादेशलाई हराएको थियो।

१० वर्षपछि चौंथो पटक विश्वकपको सेमिफाइनल पुगेको दक्षिण अफ्रिका पहिलो उपाधि जित्ने लक्ष्यमा छ।  यो खेलको विजेताले इङ्ल्याण्ड र भारतको विजेतासँग उपाधिका लागि खेल्नेछ। 

दोस्रो सेमिफाइनलमा आज राति बेलुका सवा ८ बजे इङ्ल्याण्ड र भारतबीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल शनिबार राति हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.