|

संयुक्त राष्ट्रसंघका विज्ञले सुडानको क्रूर गृहयुद्धमा दुवै पक्षले भोकमरीलाई हतियारका रूपमा प्रयोग गरिरहेका बताएका छन्। 

उनीहरूले दुवै पक्षलाई सैन्य सहयोग प्रदान गर्ने विदेशी सरकारहरू युद्ध अपराधमा सहयोगी भएको आरोप लगाएका छन्।

‘एसएएफ र आरएसएफ दुवैले खानालाई हतियारका रूपमा प्रयोग गरिरहेका छन् र नागरिकलाई भोकै मारिरहेका छन्’, खाद्य अधिकारसम्बन्धी विशेष प्रतिवेदनसहित विज्ञले भने।

उनीहरूले ‘द्वन्द्वमा दुवै पक्षलाई आर्थिक र सैन्य सहयोग प्रदान गर्ने विदेशी सरकारहरू भोकमरी, मानवता विरुद्धको अपराध र युद्ध अपराधमा संलग्न रहेको’ बताए. अन्तर्राष्ट्रिय समुदायसँग ‘मानवीय कार्यलाई तीव्रता दिन’ पनि उनीहरूले आग्रह गरेका छन्।

सेनाप्रमुख अब्देल फताह अल–बुर्हानको नेतृत्वमा रहेको नियमित सेना (एसएएफ) र उनका पूर्वसहायक मोहम्मद हमदान डागलोको नेतृत्वमा अर्धसैनिक र् यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच एक वर्षभन्दा बढीदेखि युद्ध जारी छ। सन् २०२३ अप्रिलमा सुरु भएको द्वन्द्वले दशौँ हजारको मृत्यु भएको छ।

चार स्वतन्त्र संयुक्त राष्ट्र अधिकार विज्ञहरूले दुई करोड ५० लाखभन्दा बढी नागरिक भोकाएका र तत्काल सहायताको आवश्यकता रहेको बताएका छन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.