|

काठमाडौं : मोरङ र सुनसरीको सिमानामा पर्ने बुढीखोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ भने दुई बेपत्ता छन्। 

बुधबार दिउँसो माछा मार्ने क्रममा सुन्दरहरैँचा नगरपालिका-५ का एकै परिवारका चारजना बगेकामा एकको मृत्यु भएको हो। फुदनी भन्ने २२ वर्षीया प्रेमकला चौधरीको मृत्यु भएको वडाध्यक्ष गणेश चौधरीले जानकारी दिए। 

६० वर्षीया असरादेवी चौधरी (सासू) र  २५ वर्षीया जेठी बुहारी फुला चौधरी बेपत्ता छन्। बाढीमा परेकी माइली बुहारी २२ वर्षीया स्वस्तिका चौधरीको सकुशल उद्धार गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.