|

कास्की : माछा मार्ने क्रममा पर्यटकीय नगरी पोखराको फेवातालमा डुबेर एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा बाग्लुङ घर भई हाल पोखरा महानगरपालिका–१८ खपौदी बस्ने वर्ष ३३ का सुकबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बसन्तकुमार शर्माले जानकारी दिए। 

बुधबार दिउँसो खपौदी स्थित फेवातालमा उनी माछा मार्ने क्रममा डुबेका थिए। स्थानीयमार्फत् घटना थाहा पाए लगत्तै त्यहाँ प्रहरी टोली तथा नेपाली सेना खटिई उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षत्रीय अस्पताल पठाईएकोमा चिकित्सकले  मृत घोषणा गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.