|

काठमाडौं : नवलपुरको कावासोतीमा चट्याङ लागेर घाइते भएकी महिलाको मृत्यु भएको छ।

छिमेकीको खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर घाइते भएकी कावासोती- १४ अग्यौलीकी ४६ वर्षीया दिलकुमारी थरुनीको बुधबार मृत्यु भएको हो।

चट्याङ लागेर घाइते भएकी उनलाई मध्य विन्दु जिल्ला अस्पताल डण्डाबाट थप उपचारका लागि चितवन भरतपुर ‘रेफर’ गरिएको थियो।

चितवन लैजाने क्रममा उनको बाटोमै निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.