|

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज (बिहीबार) बिहानै सार्वजनिक गरिसकेको छ।

आज सार्वजनिक भएको नतिजाअनुसार सरकारले नयाँ लेटरग्रेडिङ निर्देशिका लागू गरेसँगै ५२ प्रतिशत अर्थात् २ लाख ४२ हजार ३ सय १३ जना फेल (एनजी) भएका छन्।

तर,३.६ देखि ४ जिपिए ल्याउने विद्यार्थीहरूको संख्या भने बढेको छ। परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माका अनुसार ३१ हजार २ सय ९ जना विद्यार्थीले ल्याए ३‍‍.६ देखि ४ जिपिए ल्याएका छन्।

गत वर्ष २२ हजार ४ सय ७५ जनाले मात्रै ३.६ देखि ४ जिपिए ल्याएका थिए। २०७८ सालको एसइईमा ९ हजार ६ सय ३३ जनाले ३.६ देखि ४ जिपिए ल्याएका थिए। राष्ट्रिय परीक्षा बोर्डले फेल भएकाहरूले माध्यमिक शिक्षा परीक्षा (एसइई) यही साउन १८ र १९ गते परीक्षा दिन पाउने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.